Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • आइतवार, आश्विन २१ २०८०

  • 611
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ । मौसममा सुधार आएसंगै पानी पर्न रोकिएको छ । हाल नेपालमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। यी तीन प्रदेशका थोरै स्थानहरूमा र मधेस तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


    आइतवार, आश्विन २१ २०८००६:५६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij