Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

राप्ती नदीले बगाएर एक जनाको मृत्यु, एक बेपत्ता

राप्ती नदीले बगाएर एक जनाको मृत्यु, एक बेपत्ता

  • शनिवार, आश्विन २० २०८०

  • 547
    SHARES

  • राप्ती नदीले बगाएर एक जनाको मृत्यु, एक बेपत्ता
    काठमाडौं । पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ । एक बेपत्ता भएका छन् ।
     
    मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फडिमाया अधिकारी रहेकी प्रहरीले जनाएको छ ।
     
    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बेपत्ता हुनेमा ३२ वर्षीया निरमाया श्रीमल रहेकी छिन् ।
     
    पण्डितका अनुसार उनीहरू आज बिहान निगुरो टिप्न गएका थिए । बेपत्ता श्रीमलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।​
     
    मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको पण्डितले बताए । भरतपुर महानगरपालिका–२५ स्थित जमुनाघाटमा उनीहरूलाई नदीले बगाएको थियो ।


    शनिवार, आश्विन २० २०८००३:५०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij