Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बझाङ केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

बझाङ केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

  • शनिवार, आश्विन २० २०८०

  • 1.9K
    SHARES

  • बझाङ केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

    बझाङ । बझाङमा फेरि भूकम्प गएको छ। आज शनिबार बिहान ११ः४५ मा बझाङको भाटेखोला केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    गत मंगलबार बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता बझाङमा निरन्तर पराकम्पहरू गइरहेका छन्। शनिबार गएको पराकम्प सबैभन्दा ठूलो हो।

    गत मंगलबारको भूकम्पबाट १ जनाको मृत्यु भएकोमा २० जना घाइते भएका थिए।

    भूकम्पका कारण बझाङमा ७० वटा निजी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। यस्तै, २४५ वटा निजी घरमा आंशिक क्षति पुगेको छ।


    शनिवार, आश्विन २० २०८००१:११:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij