Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

जितिया पर्व आज सकिँदै

जितिया पर्व आज सकिँदै

  • शनिवार, आश्विन २० २०८०

  • 503
    SHARES

  • जितिया पर्व आज सकिँदै

    काठमाडौं । मिथिलाञ्चलको महत्त्त्वपूर्ण पर्व जितिया आज शनिबार सकिँदैछ। बिहीबार अर्थात् आश्विन कृष्ण पक्षको सप्तमीमा शुरु भएको यो पर्व शनिबार अर्थात् नवमीमा पूरा हुन लागेको हो ।

    मिथिलाका महिलाले सन्तानप्राप्ति, उनीहरूको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्छन्। जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ ।

    सप्तमीका दिन बिहानै नजिकैको पोखरी तथा तलाउमा नुहाएर घिरौलाको पातमा, तोरीको तेल, सिन्दूर, तोरीको पीना (खैर), मेहन्दीको पात, फूलआदि चढाएर विधिपूर्वक नहाय खाय गरी व्रत शुरु भएको थियो। उपवासको पूर्वसन्ध्यामा मध्यरातमा दही च्युउरासँगै माछा र मरुवा अनिवार्य खाने चलन छ । नवमी तिथि प्रारम्भ भएसँगै उपवास तोडेपछि जितिया व्रत सम्पन्न हुने जनकपुरधामकी व्रतालु महिला गीता देवी झाले बताइन्।

    थारू समुदायमा विशेष मानिने जितियाको उपवास बस्ने महिला सन्तान तथा सौभाग्य समृद्धिको निम्ति जिमुतवाहन देवतालाई समर्पण गरी फलफूलले डाली भर्ने कथा सुन्ने गरिन्छ ।

    शनिबार बिहानै पुनः केराको पातमा दही च्यूउरा, फलफूल चढाएपछि घिरौलाको पातबाट शुरू भएको जितिया केराको पातमा गएर सम्पन गरिने चलन रहँदै आएको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरकी व्रतालु अनिता यादवको भनाइ छ।

     


    शनिवार, आश्विन २० २०८००६:५२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij