Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरले अपाङ्गता सहायक सामग्री वितरण गर्दै 

काठमाडौं महानगरले अपाङ्गता सहायक सामग्री वितरण गर्दै 

  • शुक्रवार, आश्विन १९ २०८०

  • 828
    SHARES

  • काठमाडौं महानगरले अपाङ्गता सहायक सामग्री वितरण गर्दै 
    काठमाडौं । काठमाडौं महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने भएको छ । महानगरका स्थायी र अस्थायी रुपमा बसोबास गर्नै अपाङ्गता भएकाहरूलाई आवश्यक पर्ने सहायक सामग्री सहयोग गर्ने भएको हो ।
     
    महानगरको सामाजिक विकास विभागले अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक आवश्यक पर्ने कृत्रिम खुट्टा, प्रोस्थेसिस, क्यालिपर, अर्थोपेडिक जुत्ता, वैशाखी, एल्वो, वाल्किङ स्टिक, व्हीलचियर, मोविलिटी एड लगायत सहयोग गर्ने जनाएको छ ।
     
    महानगरको सामाजिक विकास महाशाखा प्रमुख गोपाल पोखरेलका अनुसार अपाङ्गता भएका मानिसहरूको लागि बजेटमा घोषणा भएको पहिलो कार्यक्रम अन्तर्गत वडा कार्यालयबाट नै सहायक सामग्री दिन लागेको हो ।
     
    नयाँ सहायक सामग्री अन्तर्गत कुल लागतको ३० प्रतिशत लाभग्राहीले बेहोर्नुपर्छ भने पुरानो मर्मत गर्नुपर्नेमा ३५ प्रतिशत मात्रै लाभग्राहीले बेहोर्नुपर्छ ।
     
    यो सेवा लिनको लागि महानगरका स्थायी बासिन्दाको लागि नागरिकताको प्रमाणपत्र, अपाङ्गता परिचय पत्र, नाबालकको हकमा जन्म दर्ता, आश्रित भए सम्बन्धित संस्थाको सिफारिस महानगरले मागेको छ । अस्थायी बसोबासको हकमा घरधनीसँगको घर बहाल सम्झौता दिनुपर्ने महानगरले जनाएको छ ।
     
    वडाहरूले सेवाग्राहीको फोटो सहित सामाजिक विकास विभागमा सिफारिस गरेपछि विभागले उपलब्ध गराउने भएको हो । काठमाडौं महानगरपालिकाले बिस्तारै अपाङ्गता भएका मानिसहरूलाई राज्यको तर्फबाट अभिभावकत्व प्रदान गर्ने कदम अनुरूप सहायक सहयोग कार्यक्रम प्रदान गर्न लागेको जनाएको छ ।


    शुक्रवार, आश्विन १९ २०८००७:१८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij