Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

धादिङका ‘गुण्डा नाइके’ राधे भण्डारी पक्राउ

धादिङका ‘गुण्डा नाइके’ राधे भण्डारी पक्राउ

  • शुक्रवार, आश्विन २३ २०७७

  • 1.7K
    SHARES

  • धादिङका ‘गुण्डा नाइके’ राधे भण्डारी पक्राउ

    काठमाडौं । धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको हो ।

    जिल्लाका डिएसपी लोकनाथ तिम्सिनाका अनुसार बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए ।

    जनप्रतिनिधिलाई त्यसलाई रोक्न भने पनि भण्डारीले नरोकेपछि गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत हुन् ।


    शुक्रवार, आश्विन २३ २०७७१२:२७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij