Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

दार्चुलाको राताकाठा भिरमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु 

दार्चुलाको राताकाठा भिरमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु 

  • बिहिवार, आश्विन १८ २०८०

  • 629
    SHARES

  • दार्चुलाको राताकाठा भिरमा मिनीट्रक दुर्घटना हुँदा  एक जनाको मृत्यु 
    दार्चुला । दार्चुलाको दुहु गाउँपालिका—३ राताकाठा भिरमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
     
    बिहीबार(आज) बिहान ११ बजे महाकाली नगरपालिकाको खलंगा बाट दुहु गाउँ पालिका हिकिला तर्फ जाँदै गरेको से १ ख १२५२ नम्बरको मालवाहक मिनीट्रक ब्रेक फेल हुँदा दार्चुला तिन्कर सडक अन्तर्गत दुहु गाउँ पालिका— ३ राताकाठा भन्ने स्थानबाट करिब ३ सय ५० मिटर तल महाकाली नदी किनारामा खस्दा दुहु गाउँ पालिका ३ ब्रह्मदेव बस्ने अन्दाजी वर्ष ४५ का करण सिंह बोहराको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।
     
    प्रहरीका अनुसार चालकको खोजी गर्दा नभेटिएपछि फरार रहेको हुन सक्ने आशङ्का गरिएको छ।
     
    उक्त मिनीट्रकमा मृतक बोहराको खाद्यान्न चामल रहेको इलाका प्रहरी कार्यालय हिकिलाका प्रहरी सहायक निरीक्षक सन्त बहादुर पालले बताउनुभयो।
     


    बिहिवार, आश्विन १८ २०८००१:५०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij