Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

लगातारको वर्षापछि मौसममा सुधार, बिहानैदेखि घाम

लगातारको वर्षापछि मौसममा सुधार, बिहानैदेखि घाम

  • बिहिवार, आश्विन १८ २०८०

  • 698
    SHARES

  • लगातारको वर्षापछि मौसममा सुधार, बिहानैदेखि घाम

    काठमाडौँ । तीन दिनदेखिको लगातारको वर्षा रोकिएको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकासंगै धेरै स्थानको मौसम खुलेको छ भने घाम लागिरहेको छ । नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले छ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    शनिबार पनि कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू९भागका थोरै स्थानहरूमा र बाँकी भू(भागका एक(दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


    बिहिवार, आश्विन १८ २०८००६:३८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij