काठमाडौं। नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा घनश्याम खतिवडा बिजयी हुनुभएको छ भने उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित हुनुभएको थियो।
नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले पद तथा गोपनियताको सपथ दिलाउनु भएको हो।