काठमाडौं। नेपाली रेडियो नेटवर्क तथा रेडियो नेटवर्ककर्मी राजकुमार रायमाझी लोक पत्रकारिता सम्मानबाट सम्मानित हुनु भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा भएको ‘आठौ राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८०’ मा लोकप्रिय संचारकर्मी रायमाझी नगद रु ११ हजार १११ नगद राशिसहित लोक पत्रकारिता सम्मानबाट म्मानित हुनु भएको हो ।
बि.सं.२०६२ मा रेडियो एचबिसिबाट सञ्चार क्षेत्रमा प्रबेश गर्नुभएका रायमाझीले नेपाल टेलिभिजन, नेपाल टेलिभिजन प्लस, टि.भी. टुडे, रेडियो उपत्यका, रेडियो मलमला हुँदै हाल रेडियो एन.आर.एन.९९.१मा कार्यक्रम लोक सिर्जनामार्फत निरन्तर पत्रकारिता गर्दै आउनु भएको छ। यस्तै उहाँले संगीतयात्रा राष्ट्रिय मासिक र जनदृष्टिकोण राष्ट्रिय मासिकमा पनि लामो समयसम्म निरन्तर कलम चलाउनु भएको थियो।

रायमाझी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान,नेपाल केन्द्रीय समितिका सह—सचिव एवं सञ्चार विभाग संयोजक समेत हुनुहुन्छ।करिब १९ बर्षको सञ्चार यात्राको एउटा ठुलो सफलता मिलेको महसुस गदैै रायमाझीले आफुलाई हरेक यात्रामा साथ सपोर्ट गर्ने प्रति र सम्मान गर्ने आयोजक प्रती आभार व्यक्त गर्दै सम्मानले अझै थप जिम्मेवारीसंगै चुनौती पनि थपिएको बताउँदै आफ्नो सञ्चार कर्मलाई अगाडी बढाउने सोच रहेको रायमाझीले बताउनु भयो।
रायमाझी उपत्यका समन्वय ललितपुर समितीको संस्थापक सह संयोजक हुँदै हालः प्रतिष्ठानको केन्द्रिय सह सचिवको जिम्मेवारी सम्हालिरहनु भएको छ।यस्तै सोही अवसरमा वरिष्ठ गायक,सर्जक कृष्णसुधा ढुंगानालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ।

कार्यक्रममा उपत्यका समन्वय बिशिष्ट सम्मान(बेबारिसे लास ब्यवस्थापन कि सदस्य)सपना रोका, संस्थागत सम्मान वरिष्ठ गायक पुरुषोत्तम न्यौपाने, लोक दोहोरी अवार्ड बिशेष सम्मान सर्जक शिब हमाललाई सम्मानित गरियो भने दशकका श्रष्टा सम्मान एक नारायण भण्डारीलाई प्रदान गरिएको छ। त्यस्तै सदाबहार लोक गीत सम्मान बाबरी फुलको बोट (पाण्डब सुनुवार) र दोहोरी साँझ कलाकार सम्मान कृष्ण आँशु लाई प्रदान गरिएको थियो।
अवार्डमा श्रीकृष्ण बममल्लले उत्कृष्ट भाकातर्फको अवार्ड चुम्न सफल हुनुभयो भने चर्चित मोडलको अवार्ड रुविना अधिकारी, पब्लिक च्वाइस मोडलको अवार्ड जुना गुरुङ, म्यूजिक भिडियो सम्पादनतर्फको अवार्ड मिलन विश्वकर्मा र उत्कृष्ट संगीत संयोजकको अवार्ड विश्वास नेपाललाई प्रदान गरिएको छ ।