Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा पुनः स्थगित

इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा पुनः स्थगित

  • बुधवार, आश्विन १७ २०८०

  • 995
    SHARES

  • इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा पुनः स्थगित
    काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानले प्रवेश परीक्षा स्थगित गरेको छ । असोज २२ गतेदेखि गर्ने भनिएको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको हो । 
     
    इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले बुधबार(आज) एक सूचना जारी गर्दै स्नातक तह (बीई र बी आर्क) को प्रवेश परीक्षा स्थगित भएको जनाएको हो । यसअघि डीन कार्यालयले नै मंगलबार सूचना जारी गर्दै असोज २२ गतेदेखि परीक्षा गर्ने जनाएको थियो । तर, उक्त सूचना जारी भएको एक दिनमै अर्को सूचना जारी गर्दै स्थगित भएको जनाएको हो । 
     
    गत भदौमा तोकिएको प्रवेश परीक्षा समेत आन्दोलनका कारण स्थगित गरिएको थियो ।  प्रवेश परीक्षा बोर्डका पदाधिकारीहरूले असोज १६ गते संयुक्त राजीनामा दिएका थिए । सोही कारण डीन कार्यालयले अर्को सूचना जारी नहुँदासम्म प्रवेश परीक्षा स्थगन गरेको हो ।  
     
    शुल्क वृद्धिको विवाद समाधान नहुँदा संस्थान यतिबेल अस्तव्यस्त बनेको छ । मंलबार प्रवेश परीक्षा बोर्डका ५ जना सदस्य र २ जना सल्लाहकारी गरी ७ जनाले नै राजीनामा बुझाएका थिए । त्यस्तै ६ जना विभागीय प्रमुखहरूले समेत आफ्नो जिम्मेवारी स्ववियुलाई सुम्पिएको घोषणा गरेका थिए ।
    engineering-_pb1TMgQUbQ.webp


    बुधवार, आश्विन १७ २०८००२:४८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij