Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नेपालगन्जमा कर्फ्युका कारण जमुनाहा नाकामा यात्रुहरू अलपत्र

नेपालगन्जमा कर्फ्युका कारण जमुनाहा नाकामा यात्रुहरू अलपत्र

  • बुधवार, आश्विन १७ २०८०

  • 1.1K
    SHARES

  • नेपालगन्जमा कर्फ्युका कारण जमुनाहा नाकामा यात्रुहरू अलपत्र
    काठमाडौं । नेपालगन्जमा मंगलबारदेखि लगाइएको  कर्फ्युका कारण जमुनाहा नाका भएर यात्रा गर्ने यात्रुहरू नाकामै अलपत्र परेका छन् ।
     
    नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि लागेको कर्फ्युका कारण भारतको विभिन्न ठाउँबाट आएका करिब १५ सय नेपालीहरू जमुनाहा नाकामै रोकिएका हुन् ।
     
    बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जमुनाहा नाकामा आएका उनीहरूलाई गाडी मगाएर पठाउने काम भइरहेको बताउनुभयो । प्रहरीले बसपार्कबाट पाँच वटा र आफ्नो एउटा गाडी गरी ६ वटामा राखेर उनीहरूलाई राँझाचोकसम्म पुर्‍याइँदै छ । स्थानीय प्रशासनले दक्षिणमा जमुनाहा, उत्तरमा राँझाचोक, पश्चिममा इन्द्रपुर गेट र पूर्वमा राप्ती नदीसम्म कर्फ्यु लगाएको छ।
     
    नेपालगन्ज बुधबार(आज) बिहान अवस्था सामान्य देखिएको छ । सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अत्यावश्यक कामबाहेक सडकमा हिँड्न दिइएको छैन।


    बुधवार, आश्विन १७ २०८००२:३२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij