काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोका कारणका देशका विभिन्न स्थानमा सडक अवरोध भएको छ ।
ललितपुरको बाग्मती गाउँपालिका–३ भट्टेडाँडा पाङ्दुर गहिरोस्थित वर्षाको कारण मंगलबार पहिरो जाँदा कान्ति लोकपथ सडकखण्ड अवरोध भएको हो ।
यता, बाग्लुङको निसिखोला गाउँपालिका–१ पाखुटे बुर्तिबाङबाट पूर्वी रुकुम जाने मध्य पहाडी लोकमार्गमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । त्यस्तै रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ पासाङ ल्हामु राजमार्ग स्याफ्रूवेशी–टिमुरे सडक खण्डको रुङ्गामा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ ठाडो खोलास्थित सडक खण्डमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । यसैगरी नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका–१ राजवृक्षस्थित कालीगण्डकी करिडोर सडकखण्डमा मंगलबार राति पहिरो जाँदा सडक अवरोध भएको छ ।
पर्वतको जलजला गाउँपालिका–७ केराबारीस्थित बेनी(मालढुङ्गा सडक खण्डमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी तथा स्याउलीभट्टी र अन्नपुर्ण गाउँपालिका–३ गुइँठेमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ ।
यता, पाल्पाको तिनाउ गाउँपालिका–५ कालीमाटीस्थित सिद्धार्थ राजमार्गमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ । पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।