Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

चेतनमाथि खुँडा प्रहार गरी हत्या गर्ने रिगलविरुद्धको रिटमाथि बिहीबार पेशी

चेतनमाथि खुँडा प्रहार गरी हत्या गर्ने रिगलविरुद्धको रिटमाथि बिहीबार पेशी

  • बुधवार, आश्विन १७ २०८०

  • 1.9K
    SHARES

  • चेतनमाथि खुँडा प्रहार गरी हत्या गर्ने रिगलविरुद्धको रिटमाथि बिहीबार पेशी

    काठमाडौं । नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा बिहीबार सुनुवाइ हुने गरी पेशी तोकिएको छ । रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए ।

    चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

    आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गर्नुभएको छ । उहाँले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग गर्नुभएको छ ।

    उक्त निवेदनमाथि दुई पटक पेशी तोकिए पनि न्यायाधीशहरुले मुद्दा हेर्न नभ्याएका कारण सुनुवाइ हुन सकेको छैन ।

    ढकालको खुकुरी प्रहारबाट २९ असार, २०७२ मा नेपालगन्जका २९ वर्षीय चेतन मानन्धरको मृत्यु भएको थियो । घटनापछि भागेर भारत लुकेका उनलाई प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको थियो ।

     


    बुधवार, आश्विन १७ २०८००१:३७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij