Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

धादिङको गजुरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

धादिङको गजुरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

  • बुधवार, आश्विन १७ २०८०

  • 494
    SHARES

  • धादिङको गजुरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    काठमाडौं । धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका ६ का १४ वर्षका निर्मल र सन्जिव श्रेष्ठको मृत्यु भएको हो । बाटो क्रस गर्ने क्रममा उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो ।

    काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकको ठक्करबाट बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत ती दुई विद्यार्थीहरुको घटनास्थलमै मृत्यु भएको धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारले बताउनुभयो । शव परीक्षणका लागि गजुरी अस्पताल पठाइएको छ ।

    घटनापछि मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन् । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका २ का ४१ वर्षीय अशोक बमजन र ट्रक प्रहरी नियन्त्रणमा छन् ।


    बुधवार, आश्विन १७ २०८०११:१९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij