Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

डा केसीको माग बारे आज सम्झौता हुने संभावना, प्रधानमन्त्रीको प्रतिक्रियाको प्रतिक्षा

डा केसीको माग बारे आज सम्झौता हुने संभावना, प्रधानमन्त्रीको प्रतिक्रियाको प्रतिक्षा

  • शुक्रवार, आश्विन २३ २०७७

  • 1.0K
    SHARES

  • डा केसीको माग बारे आज सम्झौता हुने संभावना, प्रधानमन्त्रीको प्रतिक्रियाको प्रतिक्षा

    काठमाडौं । अनशनरत डा. गोविन्द केसीसँग सरकारले आज सम्झौता गर्ने संभावना देखिएको वार्तामा सहभागीहरुले बताएका छन् ।
    सरकार र केसी पक्षले बनाएको वार्ता टोलीका बीचमा हिजो भएको वार्ताको क्रममा पाँचवटा मागमा प्रारम्भिक सहमति जुटेको जनाइएको छ ।
    दुई चरणमा भएको हिजोको वार्तापछि बनेको सहमतिको प्रारम्भिक मस्यौदा मुख्यसचिवमार्फत प्रधानमन्त्री केपी ओलीकहाँ पठाइएको छ । उहाँको सुझावका आधारमा आज थप वार्ता गरेर औपचारिक सहमति गर्ने तयारी दुवै टोलीले गरेका छन् ।
    डा केसीको तर्फबाट वार्ता समितिकासदस्य अधिवक्ता ओमप्रकाश अर्यालले वार्ता सकारात्मक भएकाले आज सहमती हुने संभावना रहेको नेपाली नेटवर्कलाई जानकारी दिनुभयो ।
    उहाँले वार्ता नटुङ्ीदासम्म छलफलको अवस्थाका बारेमा सार्वजनिक नगर्ने आचारसंहिता रहेकाले विषयबस्तु बताउन नमिल्ने भन्दै सकारात्मक अवस्थामा रहेको प्रतिक्रिया दिनुभयो ।
    चिकित्सा शिक्षा सुधारसहितका विभिन्न ६ सूत्रीय माग राखेर २५ दिनदेखि अनशनरत डा. केसीको मागमा सहमति खोज्न बुधबार दुवै पक्षले वार्ता टोली बनाएर हिजोदेखि वार्ता हुन थालेको हो ।
    सरकारको तर्फबाटशिक्षा सचिव गोपीनाथ मैनालीको संयोजक र स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मासदस्य रहेको वार्ता टोली छ ।
    त्यसैगरी डा केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा रहेको वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा कार्की, पूर्व अध्यक्ष डा अन्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल रहनु भएको छ ।
    १९औं पटक अनशन बसेका डा. केसीले यसपटक विकट क्षेत्रमा चिकित्सा शिक्षा शुरु गर्नुपर्ने, कोरोना संक्रमणबाट नागरिकको जीवन रक्षा गर्नु पर्ने, विगतमा आफुसँग सरकारले गरेका सम्झौताको कार्यान्वयन गर्नुपर्ने लगायतका छ बुँदे माग राख्नुभएको छ ।
    गत भदौ २९ मा जुम्लामा उहाँले अनसन शुरु गरेपनि सरकारले त्यहाँबाट हटाएर काठमाडौ ल्याएपछि अहिले उहाँ त्रिभुवन शिक्षण अस्पतालमा अनशनरत हुनुहुन्छ ।

     


    शुक्रवार, आश्विन २३ २०७७०८:५९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij