Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

देशका धेरै स्थानमा वर्षाको संभावना

देशका धेरै स्थानमा वर्षाको संभावना

  • मंगलवार, आश्विन १६ २०८०

  • 528
    SHARES

  • देशका धेरै स्थानमा वर्षाको संभावना

    काठमाडौं । हिजोदेखि देशका धेरै स्थानमा वर्षा भइरहेको छ । आज पनि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

    राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै भारतको दक्षिणपश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ।


    मंगलवार, आश्विन १६ २०८००७:१०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij