Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

यातायात व्यवस्थापनबारे सचेत गराउन संसदीय समितिले मन्त्रीलाई बोलायो

यातायात व्यवस्थापनबारे सचेत गराउन संसदीय समितिले मन्त्रीलाई बोलायो

  • सोमवार, आश्विन १५ २०८०

  • 645
    SHARES

  • यातायात व्यवस्थापनबारे सचेत गराउन संसदीय समितिले मन्त्रीलाई बोलायो

    काठमाडौं। संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

    दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै यातायातको व्यवस्थापनबारे सचेत गराउने उद्देश्यका साथ असोज १७ गते बुधबार मन्त्री ज्वाला र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो ।

    दशैं, तिहारमा सर्वसाधारण काठमाडौंबाट घर जाने बेला यातायातको उचित व्यवस्था गर्न र बाढी, पहिरोले भत्किएका सडक मर्मतका विषयमा मन्त्रीसँगै छलफल गर्ने निर्णय गरिएको समितिका सभापति दीपकबहादुर सिंहले बताउनु भएको छ।

    राजमार्गहरु पहिरोले तहसनहस भएको छ । त्यसलाई चाँडो बनाउनका लागि र उपत्यकाबाट बाहिरी जिल्लाहरुमा लाखौंको संख्यामा जनताहरु आफ्नो घरघर जाने भएकाले त्यसको जाने व्यवस्था, बसको टिकट, बस व्यवस्थापनका लागि अनुरोध गर्न मन्त्रीज्यूलाई पनि बोलाउन लागिएको हो’ उहाँको भनाई छ ।


    सोमवार, आश्विन १५ २०८००५:५२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij