Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले पालले दिए राजीनामा

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले पालले दिए राजीनामा

  • सोमवार, आश्विन १५ २०८०

  • 765
    SHARES

  • यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले पालले दिए राजीनामा
    काठमाडौं । सहकर्मी महिलामाथि यौन हिंसा गरेको प्रकरणमा अनुसन्धानको दायरमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालयले अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा पालले राजीनामा दिएका हुन् । 
     
    पालले १ जना महिला प्रहरी (सहायक हवलदार)माथि यौन हिंसा गरेको घटना बाहिरिएको थियो । उक्त प्रकरणको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समिति गठन गरिएको थियो । 
     
    समितिले एसएसपी पालले यौनहिंसा गरेको निष्कर्ष निकाल्दै प्रतिवेदन पेस गरेको थियो । समितिको प्रतिवेदनपछि प्रहरी प्रधान कार्यालयले पाललाई स्पष्टीकरण सोधेको थियो । आफू बर्खास्त समेत हुनसक्ने देखिएपछि पालले राजीनामा दिएका हुन् । प्रहरी प्रवक्ता, डीआईजी कुवेर कडायतले पालले राजीनामा दिएको जानकारी दिनुभएको छ । 
     
    सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवलदारलाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो । 
     


    सोमवार, आश्विन १५ २०८०१०:५१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij