Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

दोलखाको लामाबगरबाट तस्करीको थप ४ किलो सुन बरामद

दोलखाको लामाबगरबाट तस्करीको थप ४ किलो सुन बरामद

  • आइतवार, आश्विन १४ २०८०

  • 1.2K
    SHARES

  • दोलखाको लामाबगरबाट तस्करीको थप ४ किलो सुन बरामद
    काठमाडौं । दोलखा प्रहरीले चिनीयाँ नाकाबाट तस्करी गरेर ल्याएका थप ४ किलो सुन बरामद गरेको छ । विगु गाउँपालिका–१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा आइतबार(आज) दिउँसो ४ किलो सुन बरामद गरेको दोलखाका प्रहरी प्रमुख दीपक खड्काले बताउनुभयो ।
     
    ‘लामाबगरमा बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा फेला पारेका छौं,’ उहाँले भन्नुभयो, ‘तर सो सुन तस्करी गरी लुकाउने व्यक्ति पहिचान भएको छ ।’ हाल उनी फरार रहेका प्रहरीले जनाएको छ ।
     
    यो सहित प्रहरीले गएको ५ दिनमा ११ किलो सुन बरामद गरेको छ । सुन तस्करीमा संलग्न थप २ जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा विगु गाउँपालिका–१ लामाबगर ३० वर्षीय चसमान तामाङ र अन्दाजी २७ वर्षीय राज तामाङ रहेको प्रहरीले जनाएको छ । सुन तस्करीमा संलग्न रहेको आरोपमा चसमानलाई लामाबगरबाट आइतबार(आज) र राजलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरी दोलखा ल्याइएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।
     
    विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैध रुपमा ल्याएर लुकाएको सुन बुधबार ४ किलो र शुक्रबार ३ किलो सुन प्रहरीले पक्राउ गरेको थियो । सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका ७ जना पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले हालसम्म तस्करले ल्याएको ११ किलो सुन पक्राउ गरेको छ ।
     
    फलाकबाट चीनको रोङजिया नाकाबाट ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ ।
     
    फरार रहेकाहरूसँग तस्करी गरी ल्याएको सुन हुनसक्ने अनुमानमा प्रहरीले खोजी कार्य जारी राखेको हो ।


    आइतवार, आश्विन १४ २०८००५:०५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij