Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

मनकामना केबलकार दुई दिन बन्द हुने

मनकामना केबलकार दुई दिन बन्द हुने

  • आइतवार, आश्विन १४ २०८०

  • 1.2K
    SHARES

  • मनकामना केबलकार दुई दिन बन्द हुने
    काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यही असोज १७ गते बुधबार र १८ गते बिहीबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।  
     
    नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको जनाइएको छ । 
     
    केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेसनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने कम्पनीको भनाइ छ  । असोज १९ गतेदेखि भने केबलकारको  नियमित सेवा सुरु हुने जनाइएको छ ।  


    आइतवार, आश्विन १४ २०८००४:२८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij