Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

टिकटकबाट खोलिएको संस्थाद्वारा मुटुको शल्यक्रिया गर्न सहयोग प्रदान

टिकटकबाट खोलिएको संस्थाद्वारा मुटुको शल्यक्रिया गर्न सहयोग प्रदान

  • आइतवार, आश्विन १४ २०८०

  • 958
    SHARES

  • टिकटकबाट खोलिएको संस्थाद्वारा मुटुको शल्यक्रिया गर्न सहयोग प्रदान
    काठमाडौं । हातेमालो मानव सेवा समाजले सोलुखुम्बु निवासी ५ महिने बालक निशान्त बस्नेतलाई मुटुमा रहेको प्वालको अपरेसनको लागि आर्थिक सहयोग गरेको छ । 
     
    उपचारका लागि अस्पतालमा भर्ना गरिएका यी बालकको अपरेसन गर्ने पैसा नहुँदा उनकी आमा अप्सरा बस्नेतले आर्थिक सहयोगको लागि विभिन्न ठाउँमा याचना गरेकी थिइन । श्रीमानलाई पनि कलिलै उमेरमा गुमाएकी उनले बच्चाको उपचारको लागि खर्च जुटाउन नसक्दा हार खाएकी थिइन । उनले हातेमालो मानव सेवा समाजको सम्पर्कमा आएपछि भने छोराको उपचार हुनेमा ढुक्क भएकी छन् । हातेमालो मानव सेवा समाजले ९३ हजार छ सय साठी रुपैयाँ हस्तान्तरण गरेको संस्थाका महासचिव राजेन्द्रसिंह धामीले जानकारी दिनु भयो । 
     
    सामाजिक सञ्जाल टिकटकबाट जोडिएका स्वदेश तथा विदेशका समाजसेवीहरूले खोलेको यो संस्थाले विगत एकवर्ष देखि आधिकारिक रुपमा सामाजिक क्षेत्रमा काम गदै आएको छ । संस्थाले मानव जीवनमा आइ पर्नै भौतिक तथा मानसिक रुपमा समस्यामा परेका र आर्थिक रुपमा कमजोर भएर उपचार नपाएका बिरामीहरूको उपचारको लागि हातेमालो गर्दै आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष सञ्जय श्रेष्ठले जानकारी दिनुभयो ।


    आइतवार, आश्विन १४ २०८००३:४३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij