काठमाडौं। पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात गर्ने थप ७ जना प्रकाउ परेका छन्।गत उपचारका क्रममा लमजुङकी ५७ वर्षीया सुकमाया दुराको सोमबार मृत्यु भएपछि दुराका आफन्तहरुले चिकित्सकहरुमाथि आक्रमण गर्नुका साथै अस्पतालको भौतिक सरचना समेत तोडफोड गरेका थिए।
सोही कार्यमा संलग्न थप ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। प्रहरीका अनुसार पोखरा न्युरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरिएको हो।
यसअघी सोमबार नै चिकित्सकमाथि हातपातमा गर्ने विनय गुरुङलाई प्रहरीले प्रक्राउ गरेको थियो। कास्की प्रहरी प्रमुख उपरीक्षक मोहन थापाले पक्राउ परेका उनीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन, २०६६ अनुसार अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिने थापाले बताउनुभयो।