Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

खोटाङको हलेसी तुवाचुङ नगरपालिका र हिमालय एग्रोएकोलोजीबीच सम्झौता

खोटाङको हलेसी तुवाचुङ नगरपालिका र हिमालय एग्रोएकोलोजीबीच सम्झौता

  • शुक्रवार, आश्विन १२ २०८०

  • 1.0K
    SHARES

  • खोटाङको हलेसी तुवाचुङ नगरपालिका र हिमालय एग्रोएकोलोजीबीच सम्झौता
    काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका दुर्छिम र  हिमालय एग्रोएकोलोजी रिसर्च एण्ड डेभलपमेन्ट झापाबीच ३ बर्षे कृषि कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।
     
    कृषकहरूलाई उत्पादनमा केन्द्रित गराउन यो सम्झौता गरिएको हो । यसले किसानले लगाउने बालीको फसल बढ्नुका साथै आम्दानीको स्रोतमा समेत वृद्धि हुने अपेक्षा लिइएको छ । 
     
    यस्ता छन् आयोजनाका लक्ष्यहरू :
    १. हलेसी तुवाचुङ नगरपालिकाको क्षेत्रहरूमा प्रयोग गर्नका लागि प्राङ्गारिक मल उत्पादन गर्ने र जैविक मल उत्पादन केन्द्रको विकास गर्ने ।
    २. प्राङ्गारिक कृषि र उत्पादनमा किसानहरूलाई तालिम र शिक्षा प्रदान गर्ने ।
    ३. जैविक खेती प्रक्रिया र जैविक मलको अनुसन्धान गर्ने ।
    ४. आयोजना अवधिभरमा नगरपालिका भित्रका महिला उद्यमी छनौट गरी साना घरेलु उद्योग स्थापना गर्ने ।
     


    शुक्रवार, आश्विन १२ २०८००७:०५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij