Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

वीरगन्जस्थित बाल सुधार गृहबाट २ जना बाल कैदी फरार

वीरगन्जस्थित बाल सुधार गृहबाट २ जना बाल कैदी फरार

  • शुक्रवार, आश्विन १२ २०८०

  • 722
    SHARES

  • वीरगन्जस्थित बाल सुधार गृहबाट २ जना बाल कैदी फरार
    काठमाडौं । वीरगन्जस्थित बाल सुधार गृहबाट शुक्रबार(आज) २ जना बाल कैदीबन्दी फरार भएका छन्। कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव बाल सुधार गृहको छतबाट हाम फालेर फरार भएका हुन्। 
     
    दुवै अभियुक्तलाई अदालतले दोषी ठहर गरेपछि आचरण सुधारका लागि बाल सुधारमा राखिएको थियो। फरार दुवै जनाको खोजी भइरहेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो।
     
    क्षमताभन्दा बढी बाल कैदीबन्दी भएकाले मधेस प्रदेशको एकमात्र सुधारमा गृह यतिबेला समस्या सिर्जना भएको छ। न्यून भौतिक पूर्वाधार, बजेटको अभाव, सरकारी उदासीनता र क्षमताभन्दा बढी बालक र किशोरहरू कोचेर राख्नुपर्ने बाध्यताका कारण सुधार गृह समस्यामा परेको हो।
     
    ६० जनाको क्षमता भएको सुधार गृहमा हाल दोब्बरभन्दा बढी १२६ बालक तथा किशोरलाई कोचेर राखिएकाले बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै सुधार गृह व्यवस्थापनमा समेत कठिनाइ भइरहेको त्यहाँका प्रमुख टीकाकृष्ण काफ्लेले बताउनुभयो। 
     
    ठाउँ अभावका कारण सो गृहमा बालबालिका उकुसमुकुसका साथ दैनिक जीवन बिताउन बाध्य  छन्। एउटै कोठाभित्र धेरै जना कोचेर बस्नु पर्दा स्वास्थ्यलगायत अन्य समस्या भइरहेको गृहमा रहेकाहरूको गुनासो थियो। धेरै मान्छे कोचाकोच गरी बस्दा कतिपयमा खुट्टा सुनिने र श्वासप्रश्वासको समस्या हुने गरेको गृहमा कार्यरत स्टाफ नर्स अन्जु कुमारीले बताउनुभयो। 


    शुक्रवार, आश्विन १२ २०८००४:२०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij