Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

अछामको रामारोशनमा ४६ देशका पर्यटकले  देउडा खेलेर मनाए पर्यटन दिवस

अछामको रामारोशनमा ४६ देशका पर्यटकले  देउडा खेलेर मनाए पर्यटन दिवस

  • बिहिवार, आश्विन ११ २०८०

  • 1.6K
    SHARES

  • अछामको रामारोशनमा ४६ देशका पर्यटकले  देउडा खेलेर मनाए पर्यटन दिवस
    काठमाडौं । अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६ देशका पर्यटकले भरिएको छ। उनीहरू वर्ल्ड रेन्बो फेमली नामक समूह अन्तर्गत यहाँ आएका हुन्। ती पर्यटकहरू तीन महिनासम्म रामारोशन घुम्ने उद्देश्यले यहाँ जम्मा भएका हुन्। 
     
    विश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्र विकास समितिले आयोजना गरेको देउडा तथा सांस्कृतिक कार्यक्रममा ती पर्यटक पनि सहभागी भए। रामारोशन घुम्न आएका ती पर्यटकलाई गाउँपालिकाले स्वागत गरेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताए। पर्यटकको आगमनले रामारोशनको चर्चा अझै बढ्न थालेको उनको भनाइ छ।
     
    पर्यटकहरूलाई रामारोशन घुम्नका लागि विभिन्न सर्तसहित अनुमति दिने गरिएको उनले बताए। रामारोशन आएका विदेशी पर्यटकहरू खुला चौरमा टेन्ट टाँगेर बसेका छन्। 
     
    रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट यस क्षेत्रको नाम रामारोशन रहेको किम्बदन्ती छ। कतिपयले यो क्षेत्रमा शिव–पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँछन्। रामारोशन गाउँपालिका–६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ। बाह्र बण्ड भनेको यहाँका १२ वटा ताल र अठार खण्डले यहाँका १८ वटा चौरलाई जनाउँछ।
     
    रामारोशनमा दर्जनौँ समथर फाँटहरू र यहाँ फूल्ने फूल यहाँका आकर्षण हुन्। पाटनमा डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल पनि देख्न सकिन्छ । 


    बिहिवार, आश्विन ११ २०८००३:२२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij