Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भैरहवा र विराटनगरमा २ जना संक्रमितको मृत्यु

भैरहवा र विराटनगरमा २ जना संक्रमितको मृत्यु

  • बिहिवार, आश्विन २२ २०७७

  • 734
    SHARES

  • भैरहवा र विराटनगरमा २ जना  संक्रमितको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणवाट थप २ जनाको मृत्युु भएको छ । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको हो ।

    असोज १२ गते पीसीआर परीक्षणमा ‘पोजिटिभ’ देखिएका सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको बुधबार राति १० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले जानकारी दिनुुभएको छ ।

    सुरुमा होम आइसोलेसनमा बसे पनि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई १४ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखिएको थियो ।
    उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको गुरुङले जानकारी दिनुुभयो। ।

    हालसम्म उक्त अस्पतालमा सात संक्रमितको मृत्यु भइसकेको छ ।उता, विराटनगरमा कोरोना भाइरस संक्रमित एक वृद्ध पुरुषको आज बिहान होम आइसोलेसनमै मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको बिहान मृत्यु भएको महानगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनुुभयो।

    १९ गते रिपोर्ट पोजिटिभ आएपछि उनलाई होम आइसोलेसनमै राखिएको थियो। गयरातिबाट वृद्धमा थप समस्या देखिएको थियो।

     


    बिहिवार, आश्विन २२ २०७७१०:२१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij