Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डाक्टरहरूद्वारा आज पनि काठमाडौंमा प्रदर्शन

डाक्टरहरूद्वारा आज पनि काठमाडौंमा प्रदर्शन

  • बिहिवार, आश्विन ११ २०८०

  • 1.0K
    SHARES

  • डाक्टरहरूद्वारा आज पनि काठमाडौंमा प्रदर्शन
    काठमाडौं । कार्यस्थलमा सुरक्षाको माग गर्दै चिकित्सकहरूले काठमाडौंमा बिहीबार(आज) पनि प्रदर्शन जारी गरेका छन् । उनीहरूले नयाँबानेश्वर–माइतीघर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।
     
    बबरमहल तर्फबाट आएको चिकित्सकहरूको भीड नयाँबानेश्वर चोकतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
     
    चिकित्सकहरूले भने आफूहरूको प्रदर्शन शान्तिपूर्ण रहेको भन्दै अगाडि बढ्न दिन माग गरेका थिए । तर प्रहरीले निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिने भन्दै उनीहरूलाई रोक्यो । त्यसक्रममा चिकित्सकहरूले ‘प्रहरी दमन बन्द गर’ भन्दै नारा लगाएका थिए ।
     
    अस्पतालहरूमा चिकित्सकहरूमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहरूले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन् । बीच सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुने गरेको छ ।


    बिहिवार, आश्विन ११ २०८००१:५९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij