Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

म्याग्दी भकिम्लीको सिङ्गो बस्ती चार महिनादेखि सडक यातायातबाट विच्छेद

म्याग्दी भकिम्लीको सिङ्गो बस्ती चार महिनादेखि सडक यातायातबाट विच्छेद

  • बिहिवार, आश्विन २२ २०७७

  • 1.1K
    SHARES

  • म्याग्दी भकिम्लीको सिङ्गो बस्ती चार महिनादेखि सडक यातायातबाट विच्छेद

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीको सिङ्गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट विच्छेद भएको छ।
    हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो।

    सात सय ३५ घरधुरीको बसोबास रहेको भकिम्लीको सिङ्गो वडा गत असार अन्तिम सातादेखि यातायात सम्पर्क विच्छेद भएको स्थानीय होमबहादुर रोकाले बताउनुुभएको छ ।

    बेनीबाट दूधेखोला(हलेगौडा(डाडाखानी हुँदै भकिम्ली जोड्ने १ सय मिटर ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेको छ। आवतजावतका साथै विकास आयोजनाका लागि निर्माण सामग्री ढुवानी र पशु तथा कृषि उपज निकासी गर्न सास्ती भएको छ।

    भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो थियो। हाल चालु रहेको एउटा मात्रै थामडाडा(मरेक(छेपारे(मुसुङ(भकिम्ली सडकमा नियमित गाडी चल्दैन। पहिले भकिम्लीबाट बेनी आउन ३० मिनेट समय लाग्थ्यो। सडक घुमाउरो भएकाले आवतजावतका लागि पैदलयात्रा गर्ने गरेको स्थानीय तिलाराम थापाले बताउनुुभयो ।

    मरेकको सडकमा ढुवानीका लागि ट्याक्टरमात्र मुस्किलले चल्छ। पहिलेको तुलनामा दोब्बर बढी ढुवानी खर्च लागेको डाडाखानीका धनबहादुर श्रीसले बताउनुुभयो । घुमाउरो र जोखिमयुक्त भएकाले स्थानीयवासी यातायात सुबिधाबाट वञ्चित भएका छन्।

    भिरालो पाखोमा खनिएको सडकको भल व्यवस्थापन नभएका कारण हलेगौडामा नयाँ पहिरो सिर्जना भएको स्थानीयको भनाइ छ। पहिरो खसेर मिसिने ढुधेखोलामा आउने बाढीले कोप्रे र दूधेखोलाको बस्तीलाई समेत जोखिम बनाएको छ। रासस

     


    बिहिवार, आश्विन २२ २०७७०८:४०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij