काठमाडौं । अभियन्ता ‘ईः र काठमाडौं महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ । सहमतिसंगै आन्दोलन पनि स्थगित गरिएको छ । ‘ईः र महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी मर्हजनबीच हिजो बेलुका चारबुँदे सहमति भएको हो । सहमतिसँगै ‘ईः ले आन्दोलनको कार्यक्रम स्थगित भएको घोषणा गर्नुभएको छ ।
साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर उहाँले ९ दिनदेखि आन्दोलन गर्दै आउनुभएको थियो । अभियन्ता ‘ईः निरन्तर एक सय ९९ घन्टादेखि महानगरको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिँदै आउनुभएको थियो ।
हिजो दुई पक्षबीच भएको सहमतिमा फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्री महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने र धर्ना स्थगित गर्ने उल्लेख छ ।
