Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सशस्त्रका एसपीहरूको कमाण्ड पूर्वानुमान सूची प्रकाशन

सशस्त्रका एसपीहरूको कमाण्ड पूर्वानुमान सूची प्रकाशन

  • बुधवार, आश्विन १० २०८०

  • 695
    SHARES

  • सशस्त्रका एसपीहरूको कमाण्ड पूर्वानुमान सूची प्रकाशन

    काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले २०८१ सालमा गण कमाण्ड गर्ने सशस्त्र प्रहरीका एसपीहरूको पूर्वानुमान सूची प्रकाशन गरेको छ ।

    गण कमाण्डका लागि ५० जनाको मुख्य र १० जनाको वैकल्पिक सूचीमा नामावली प्रकाशन गरिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताउनुभयो ।

    प्रधान कार्यालय स्थित कर्मचारी प्रशासन शाखाले ज्येष्ठताको आधारमा कमाण्डको जिम्मेवारी नगरेका एसपीहरूको पूर्वानुमान सूची प्रकाशन गरेको हो । एफपीयु मिसन, अनपोल मिसन, प्रोफेसनल लेभलको यूएन मिसन र १ वर्ष भन्दा बढी अवधिको विदेश तालिमबाट फिर्ता भएका अधिकृतहरूलाई भने ६ महिना अवधिसम्म कमाण्डको जिम्मेवारीमा सरुवा नगरिने डिएसपी थापाले बताउनुभयो ।

    एक पटक पनि कमाण्डको जिम्मेवारीमा नखटिएका उपरीक्षकहरूलाई पहिलो प्राथमिकता राखी पूर्वानुमान सूची तयार गरिएको छ । पुरा अवधि कमाण्ड नगरेका एसपीहरूलाई समेत कमाण्ड गरेको अवधिको आधारमा कमाण्डको अवसर पाउने गरी पूर्वानुमान सूची प्रकाशन गरिएको छ ।

    संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० अनुसार सशस्त्रले कमाण्ड सुची प्रकाशन गरेर सरुवा गर्न थालेको हो ।


    बुधवार, आश्विन १० २०८००१:५५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij