Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इन्डियन प्रिमियर लिग : कोलकत्तासँग चेन्नई पराजित

इन्डियन प्रिमियर लिग : कोलकत्तासँग चेन्नई पराजित

  • बिहिवार, आश्विन २२ २०७७

  • 1.2K
    SHARES

  • इन्डियन प्रिमियर लिग : कोलकत्तासँग चेन्नई पराजित

    एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) टी(ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले तेस्रो जित निकालेको छ ।

    अबुधाबीमा बुधबार साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकत्ताले तेस्रो जित निकालेको हो ।

    शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रब नत्र बनाउन सक्यो ।

    चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।यस्तै अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७र१७ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट भए । रविन्द्र जडेजा २१ रनमा अविजित रहदा केदार जाधबले अविजित ७ रन बनाए ।

    कोलकत्ताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १र१ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा अलआउट हुँदै १ सय ७० रन बनाएको थियो ।

    कोलकत्ताका लागि राहुल त्रिपाठीले ५१ बलमा ८१ रनको अर्धशतकीय इनिङ्स खेले । अन्य खेलाडीले भने उलेख्य रन बनाउन सकेनन् ।
    सुनिल नारिनले १७ रन जोड्दा सुबमान गिलले ११ रन बनाए । कप्तान दिनेश कार्तिक १२ रनमा आउट हुँदा पाट कुमिन्सले अविजित १७ रन जोडे ।

    चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । यस्तै सार्दुल ठाकुर, साम करन र कर्ण शर्माले २र२ विकेट लिए । जितसँगै कोलकत्ता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ५ खेलमा ६ अंक जोडेको छ । चेन्नईको यो तेस्रो हार हो । ६ खेलमा ४ अंक जोडेको चेन्नई पाँचौ स्थानमा रहेको छ ।

     


    बिहिवार, आश्विन २२ २०७७०६:३५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij