Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

  • बुधवार, आश्विन १० २०८०

  • 377
    SHARES

  • आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

    काठमाडौं । सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस आज बुधबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ।

    दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्। दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ।

    ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ। त्यहाँ मन्त्रालय र मातहत निकाय र सरोकारवालाको उपस्थिति रहनेछ।

    यस्तै बिहान साढे ७ बजे ललितपुरको पाटन ढोकादेखि मंगलबजारसम्म प्रभातफेरि गरिनेछ। पाटन दरबार क्षेत्रमा आयोजित औपचारिक कार्यक्रममा हुनेछ। पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्तरूपमा आयोजना गर्ने उक्त कार्यक्रममा बढी विदेशी मुद्राआर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गर्ने कार्यक्रम छ।

    मन्त्रालयका प्रवक्ता केसीले विश्व पर्यटन दिवसलाई भव्य र प्रभावकारी रुपमा मनाउन प्रदेश र स्थानीय तहलाई पनि पत्राचार गरिएको जानकारी दिए। विगतमा ठमेलबाट प्रभातफेरी गरेर भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा औपचारिक कार्यक्रम हुने गरेकामा यो वर्ष ललितपुरमा पर्यटन दिवस मनाउन लागिएको हो। कार्यक्रममा पर्यटन मन्त्रालय, मातहत निकाय तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुनेछ।

    ‘सबैका लागि पर्यटन स् पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ। दिवसकै अवसरमा नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० ले सोमबार रक्तादान कार्यक्रम गरेको छ। दिवस भव्यरूपमा मनाउन पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको सहकार्यमा अन्य कार्यक्रम पनि हुने अध्यक्ष रमेश थापाले जानकारी दिनुभयो। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोलाले पर्यटनलाई चलायमान बनाउन दिवसका अवसरमा हुने गतिविधिले सहयोग पुग्ने जनाउनुभयो।

    नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले दिवसका अवसरमा हुने कार्यक्रमले मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए। उले संघको अगुवाइमा बुधबार पोखरामा विशेष कार्यक्रम गरिदैँछ।

    कोभिड–१९ महामारीबाट करिब तीन वर्ष शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र करिब पुरानै लयमा फर्किएको छ। बोर्डका अनुसार सन् २०२३ भित्र नेपालको पर्यटन पुनरुत्थान हुनेछ। विशव पर्यटन संगठनले पनि सन् २०२३ सम्म नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ। विश्वव्यापी रुपमा नेपालसहित ९५ प्रतिशतसम्म पुनरुत्थान हुने प्रक्षेपण गरिएको छ।

    पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को आठ महिनामा छ लाख एक हजार ३६० पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्ष एक लाख ४० हजार तीन सय पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०२१ मा ५५ हजार ४४७ पर्यटक नेपाल आएका थिए। सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख २० हजार ८५ मात्र छ। सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए।


    बुधवार, आश्विन १० २०८००७:१७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij