Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • बुधवार, आश्विन १० २०८०

  • 570
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ । देशका अधिकांश स्थानको वर्षा बदली छ । केहि प्रदेशमा लगातारजसो हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कुनै प्रदेशमा वर्षा भएको छैन । आज दिउँसो पछिपनि देशका केहि स्थानमा वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    भोलि बिहीबार पनि देशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।


    बुधवार, आश्विन १० २०८००६:५५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij