Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकार र आन्दोलनरत डाक्टरहरूबीच सहमति

सरकार र आन्दोलनरत डाक्टरहरूबीच सहमति

डाक्टरमाथि आक्रमण गर्नेलाई ऐनअनुसार कारबाही गरिने
  • मंगलवार, आश्विन ९ २०८०

  • 834
    SHARES

  • सरकार र आन्दोलनरत डाक्टरहरूबीच सहमति
    काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आक्रमणमा संलग्नहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ ।
     
    मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए ।
     
    मंगलबार(आज) गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य संस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्ने निर्णय भएको छ ।
     
    साथै अहिले जहाँजहाँ घटना भएको छ, त्यसमा संलग्नहरूलाई ऐन अनुसार नै कारबाही गर्ने सहमति भएको गृह मन्त्रालय स्रोतले बताएको छ ।
     
    बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, नेपाल मेडिकल काउन्सिल, चिकित्सक संघ, नर्सिङ संघ लगायतका प्रतिनिधिको उपस्थिति थियो ।


    मंगलवार, आश्विन ९ २०८००६:१२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij