Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

रक्तस्राव नरोकिएपछि हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

रक्तस्राव नरोकिएपछि हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

  • मंगलवार, आश्विन ९ २०८०

  • 1.9K
    SHARES

  • रक्तस्राव नरोकिएपछि हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
    काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।
     
    जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार गाउँपालिका–१ की २३ वर्षीय सुत्केरी कल्पना रोकायाको रक्तस्राव नरोकिएको र सालनाल नआएर पाठेघरको मुख नै बन्द भएपछि उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको हो ।
     
    राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।​
     
    गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीका अनुसार रोकाया आज बिहान विच्छ्याँ स्वास्थ्य चौकीमा सुत्केरी हुन आउनुभएको थियो । 
     
    बच्चा जन्मिएको चार घण्टासम्म पनि रक्तस्राव नरोकिएपछि उद्धार गरिएको हो ।


    मंगलवार, आश्विन ९ २०८००३:५९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij