Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बाजुरामा सुत्केरीको ज्यान खतरामा, हेलिकप्टर खोज्दै प्रशासन

बाजुरामा सुत्केरीको ज्यान खतरामा, हेलिकप्टर खोज्दै प्रशासन

  • मंगलवार, आश्विन ९ २०८०

  • 1.3K
    SHARES

  • बाजुरामा सुत्केरीको ज्यान खतरामा, हेलिकप्टर खोज्दै प्रशासन

    काठमाडौं । बाजुराको पूर्वउत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याकी एक महिलाको रक्तश्राव र साल नझरेर पाठेघरको मुख बन्द हुनपुग्दा उनको ज्यान जोखिममा परेको छ ।

    उक्त गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीय कल्पना रोकायाको ज्यान जोखिममा पुगेको स्वास्थ्य शाखाका संयोजक राजबहादुर भण्डारीले जानकारी दिनुभयो ।

    रोकायाले मङ्गलबार बिहान बच्चा जन्माए पनि रगत बग्न नरोकिएको र सालनाल नझरेपछि ज्यान जोखिममा परेको हो ।

    सुत्केरी रोकायालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले पहल गरिरहेको संयोजक भण्डारीले बताउनुभयो ।

    उक्त घटनाका सम्बन्धमा गाउँपालिकाबाट जानकारी गराइएकाले नेपाली सेनाको हेलिकप्टरका लागी पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।


    मंगलवार, आश्विन ९ २०८००२:१९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij