Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

दाङमा यात्रुबाहक बस दुर्घटना, २५ बढी यात्रु घाइते

दाङमा यात्रुबाहक बस दुर्घटना, २५ बढी यात्रु घाइते

  • मंगलवार, आश्विन ९ २०८०

  • 1.9K
    SHARES

  • दाङमा यात्रुबाहक बस दुर्घटना, २५ बढी यात्रु घाइते

    काठमाडौं । दाङमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्री बस पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका–९ शिवखोलामा दुर्घटनामा परेको हो ।

    कर्णाली प्रदेश०२–००१ ख ०३६२ नम्बरको यात्रुबाहक बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ।

    दुर्घटनामा परी २५ जना भन्दा बढी यात्रु घाइते भएका छन्। बसका ४५ जना यात्रु सवार थिए। घाइतेहरुको उद्दार गरेर उपचारको लागि पठाउने काम भइरहेको छ।

    गम्भीर घाइतेहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको छ। दुर्घटनाको कारण भने अझै खुलिसकेको छैन।


    मंगलवार, आश्विन ९ २०८००७:३८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij