Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पोखरामा पनि चिकित्सकमाथि आक्रमण

पोखरामा पनि चिकित्सकमाथि आक्रमण

  • सोमवार, आश्विन ८ २०८०

  • 1.3K
    SHARES

  • पोखरामा पनि चिकित्सकमाथि आक्रमण

    काठमाडौं।कास्कीको पोखरामा पनि चिकित्सकमाथि आक्रमण भएको छ। बिरामीको मृत्यु भएको विषयमा आफन्तहरुले पोखरास्थित मणिपाल अस्पतालका चिकित्सक माथि हातपात गरेका हुन्।

    आज दिउँसो बिरामीका आफन्तले हातपात गरेपछि अहिले मणिपाल अस्पताल परिसरमा तनावको स्थिति सिर्जना भएको छ।लमजुङ सुन्दरबजार ५७ वर्षीया सुकमाया दुराको मणिपाल अस्पतालका उपचारको क्रममा निधन भएपछि आक्रोशित आफन्तजनले चिकित्सकमाथि हातपात गरेका हुन्।

    उनीहरुले अस्पतालमा समेत तोडफोड गरेका छन्। अस्पतालमा तनावको स्थिति भएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी अस्पतालमा तैनाथ गरिएको छ।

     


    सोमवार, आश्विन ८ २०८००५:३१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij