काठमाडौं। बाजुरामा भाइरल ज्वरोको प्रकोप फैलिएको छ। खप्तड छेडेदह गाउँपालिका २ माटेसागुमा भाइरल ज्वरोबाट दुईजनाको मृत्यु भएको छ। ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीको मृत्यु भएको स्थानियहरुले जानकारि दिएका छन्।
भाइरल ज्वरो फैलिएको एक हप्तामा पुरै गाउँ नै प्रभावित भएको छ। बिरामीमा १ सय ३ डिग्रीमाथि ज्वोरो आउने, खोकी लाग्ने, श्वास फुल्नेजस्ता लक्षण देखा परेका छन्।
स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख महेश चन्दले भाइरल ज्वरो प्रकोप फैलिएको खबर पाएपछि स्वास्थ्यकर्मीको टिम पठाइसकेको जानकारी दिनु भएको छ।
उहाँकाअनुसार खप्तडछेडेदह गाउँपालिकाबाट केही स्वास्थ्यकर्मी र जिल्ला स्वास्थ्य कार्यलयबाट औषधिसहितको टोलि पठाइसकेको बताउनु भयो। ज्वरोबाट वृद्धवृद्धा, बालबालिका र दिर्घरोगी सबैभन्दा बढी प्रभावित भएका छन्।