Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते

  • सोमवार, आश्विन ८ २०८०

  • 755
    SHARES

  • सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते
    काठमाडौं । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा १ जना घाइते भएका छन्। 
     
    रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार(आज) बिहान ६ः१५ बजेतिर सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर–३ चोरखोला नजिकै दुर्घटनामा परेको हो। 
     
    दुर्घटनामा परी  २ जनाको मृत्यु, १ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। 
     
    जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार मृतकको सनाखत हुन सकेको छैन। घाइते हुनेमा दाङको तुल्सिपुर उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय नारायण योगी छन्। 


    सोमवार, आश्विन ८ २०८००९:४५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij