Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

  • आइतवार, आश्विन ७ २०८०

  • 1.2K
    SHARES

  • सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ ।

    आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढ्न सकेन ।

    न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् ।

    सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् ।

    उक्त मुद्दाको पेसी अब कहिले तोकिन्छ भन्ने टुंगो छैन ।

    सन्दीपमाथि नाबालिका बलात्कारको मुद्धामाथि अदालतमा सुनुवाई चलिरहेको छ । मुद्धाले अन्तिम किनारा नपाउँदा सन्दीपको खेल जीवन प्रभावित बनेको छ ।


    आइतवार, आश्विन ७ २०८००१:२०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij