Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आज यी स्थानमा वर्षाको सम्भावना

आज यी स्थानमा वर्षाको सम्भावना

  • आइतवार, आश्विन ७ २०८०

  • 875
    SHARES

  • आज यी स्थानमा वर्षाको सम्भावना

    काठमाडौं । देशका केहि स्थानमा आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आइतबार दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। मधेश र कोशी प्रदेशको तराई भू–भागमा हावाहुरीसमेत चल्नेछ।

    राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ।

     


    आइतवार, आश्विन ७ २०८००६:५५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij