Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषबाट चार संस्था पुरस्कृत 

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषबाट चार संस्था पुरस्कृत 

  • शनिवार, आश्विन ६ २०८०

  • 823
    SHARES

  • रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषबाट चार संस्था पुरस्कृत 
    काठमाडौं । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषबाट यस वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्था पुरस्कृत भएका छन् ।
     
    २ लाखको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट प्रशान्ति वृद्धाश्रम केन्द्र, वीरेन्द्रनगर नगरपालिका– ३, सुर्खेत पुरस्कृत भएको छ । कोषका अनुसार यस संस्थाले वृद्ध वृद्धाहरूलाई आश्रय, भोजन प्रदान गर्नुका साथै स्वास्थ्य उपचार दिँदै आएको छ । साथै वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ तथा उपाध्यक्ष शीतलसिंह राठोर सम्मानित हुनु भएको छ । 
     
    यसैगरी कोषले १ लाख राशिको रामबाबु–ज्ञानु समाज सेवी पुरस्कारबाट नवजीवन परोपकार समाज, तारकेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौंमा अवस्थित संस्थालाई प्रदान गरिएको छ ।  यस संस्थाले समाजका असहाय वर्गको उद्धार गरी  संरक्षणका लागि आश्रय प्रदान गर्दै आइरहेको छ । यसका संस्थापक दुर्गानाथ दाहाल सम्मानित हुनुभएको छ । 
     
    अर्को रामबाबु–ज्ञानु समाज सेवी पुरस्कारबाट धनगढी उपमहानगरपालिका – १, कैलालीमा रहेको दृष्टि फाउन्डेसन पुरस्कृत भएको छ । यस संस्थाले असहायहरूको उद्धार र संरक्षण गरी आश्रय, भोजन र स्वास्थ्योपचार सुविधा प्रदान गर्नुका साथै परिवारसँग पुनर्स्थापना गराउँदै आइरहेको छ । यस संस्थाका अध्यक्ष अध्यक्ष कल्पना भट्ट सम्मानित हुनुभएको छ । यो पुरस्कारको राशि पनि १ लाख रहेको छ । 
     
    यस वर्ष संस्था एक दशक पुगेको अवसरमा प्रदान गरिएको अतिरिक्त रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार मातृ नेपाल अपाङ्ग संघद्वारा सञ्चालित बालगृह, ठुलागाउँ, तारकेश्वर नगरपालिका– ३ लाई प्रदान गरियो ।  यो संस्थाले बालबालिकालाई आश्रय प्रदान गर्नुका साथै शिक्षादीक्षाको प्रबन्ध गरी सक्षम र सबल नागरिक बनाउन योगदान गर्नुका साथै संस्थागत दिगोपनातर्फ पनि उपयुक्त कदम चालेको छ ।  १ लाख नगद पुरस्कारसहित संस्था पुरस्कृत हुनुका साथै अध्यक्ष नरबहादुर राउत सम्मानित हुनुभयो । 
     
    पुरस्कार तथा सम्मान अर्पण समारोहमा प्राज्ञ श्री विष्णु प्रभातले ‘परोपकार दर्शन’ शीर्षकमा एक खोजमूलक प्रस्तुत गर्नु भएको थियो । साथै संस्थाले स्थापनाको एक दशकको अनुभव र अनुभूति समेटेर प्रकाशित गरेको एक स्मारिका समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो ।  
     
    रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषका अधिकारीले बताएअनुसार पुरस्कृत तथा सम्मानित गरिने प्रतिभाको निष्पक्ष, स्वतन्त्र तथा उद्देश्यमूलक ढङ्गबाट छनोट गर्न ५ जना संलग्न एक छनोट समिति गठन गरिने गर्छ र यसले निष्पक्ष र वस्तुपरक ढङ्गले छानबिन गरी छनोट गरी पुरस्कार र सम्मानका लागि सिफारिस गर्छ । 
    यस वर्ष प्रमुख अतिथि ज्येष्ठ नागरिक अधिकार अभियन्ता डा. गौरीशङ्कर लाल दासले पुरस्कार तथा सम्मान अर्पण गर्नुभएको थियो । 
     
    रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोष स्वयंसेवाको भावनाले नेपालीहरूको हितमा उदाहरणीय योगदान गरेका व्यक्ति वा सामाजिक संस्थालाई पुरस्कृत तथा सम्मानित गर्ने तथा सामाजिक सेवाको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले एक अक्षय कोष खडा गरी रामबाबु र ज्ञानु नेपाल दम्पतीले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्यस्मरणमा २०७० सालमा स्थापना गर्नुभएको थियो । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०७१ सालदेखि दुई लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आएकोमा  २०७४ देखि चार लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आइरहेको छ । 


    शनिवार, आश्विन ६ २०८००४:११:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij