Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

समाचार निर्देशक भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार’

समाचार निर्देशक भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार’

  • शनिवार, आश्विन ६ २०८०

  • 328
    SHARES

  • समाचार निर्देशक भण्डारीलाई ‘प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार’

    काठमाडौँ । नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीले ‘प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार’ प्राप्त गर्नुभएको छ ।

    काउन्सीलको स्थापना दिवसको अवसरमा आज राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट भण्डारीले पुरस्कार पाउनुभएको हो ।

    झण्डै २३ बर्षदेखि पत्रकारितामा क्रियाशिल भण्डारी यसअघि राष्ट्रिय समाचार समिति (रासस) नेपावाणी नेटवर्क, नेपाल एफएम नेटवर्क, रेडियो आँधिखोला, बुटवल एफएम, देउराली दैनिक, जनचेतना साप्ताहिक, गाउँले देउराली साप्ताहिक लगायतमा काम गर्नु भएको थियो ।

    उक्त समारोहमा आज विभिन्न शिर्षकमा दर्जन बढि पत्रकारलाई पुरस्कार वितरण गरिएको छ ।

    379631742_1006054557178771_7113958581946544502_n.jpg

     

     

     

     


    शनिवार, आश्विन ६ २०८००९:४८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij