Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

देशका केहि स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशका केहि स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • शनिवार, आश्विन ६ २०८०

  • 444
    SHARES

  • देशका केहि स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौँ । देशका केहि स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

    शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।लुम्बिनी, मधेस र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।

    भोलि आइतबार पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

     


    शनिवार, आश्विन ६ २०८००७:११:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij