Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज एकैदिन ३ हजार ४३९ जनामा कोरोनाको संक्रमण पुष्टि

आज एकैदिन ३ हजार ४३९ जनामा कोरोनाको संक्रमण पुष्टि

  • बुधवार, आश्विन २१ २०७७

  • 1.1K
    SHARES

  • आज एकैदिन ३ हजार ४३९ जनामा कोरोनाको संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा आज थप ३ हजार ४ सय ३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    यस्तै आज मन्त्रालयका अनुसार १ हजार १२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर संक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ भने ४ हाजर १ सय ६४ जना क्वारेन्टिनमा छन् ।


    बुधवार, आश्विन २१ २०७७०४:२९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij