Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बाँकेमा रहेको जयेन्दु बाल सुधार गृहमा झडप हुँदा १ जनाको मृत्यु, १० घाइते

बाँकेमा रहेको जयेन्दु बाल सुधार गृहमा झडप हुँदा १ जनाको मृत्यु, १० घाइते

  • शुक्रवार, आश्विन ५ २०८०

  • 426
    SHARES

  • बाँकेमा रहेको जयेन्दु बाल सुधार गृहमा झडप हुँदा १ जनाको मृत्यु, १० घाइते

    काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गएराति दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । झडपमा १० जना घाइते भएका छन् ।

    सुधार गृहमा रहेकाबीच दुई समूहमा विभाजन भई झडप हुँदा ११ जना घाइते भएका थिए । ती घाइते मध्ये एक जनाको मृत्यु भएको बाँकेमा प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले बताउनुभयो । उहाँले झडपको कारण खुल्न नसेको बताउनुभयो ।

    सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार गरेपछि राति तनावपूर्ण अवस्था सृजना भएको स्थानीयले बताएका छन् । अहिले त्यहाँको अवस्था सामान्य रहेको आचार्यले बताउनुभयो ।

    बालगृहमा तोडफोड र झडप भएपछि रातभर प्रहरी, प्रमुख जिल्ला अधिकारी लगायतको टोली सुरक्षा व्यवस्था मिलाउनको लागि खटिएको थियो । बाँके प्रहरी प्रमुख सन्तोष सिंह राठोरले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

    यसअघि झक्तपुर र पर्साको वीरगञ्जमा रहेका बाल सुधार गृहमा पनि तोडफोडका कारण स्थिति तनावपूर्ण बनेको थियो ।


    शुक्रवार, आश्विन ५ २०८००८:५०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij