काठमाडौं । बुधबारदेखि आन्दोलनरत शिक्षक र र सरकारबीच आज निर्णायक वार्ता हुने सम्भावना रहेको छ । हिजो भएको वार्ता निश्कर्षविहीन भएपछि आज वार्ता हुन लागेको हो।
कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महासंघसँगको हिजोको छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुंगो लागेको बताउनुभयो ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताउनुभयो ।
शिक्षक महासंघ र सरकारका बीच हिजो बिहान पनि वार्ता भएकोमा सहमति जुट्न सकेको थिएन। शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय बन्द भएका छन्।
आन्दोलनरत शिक्षकका १७ वटा माग छन्।