काठमाडौँ । प्रेस काउन्सील नेपालले यस बर्षको क्रियाशिल पत्रकारिता पुरस्कार नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीलाई प्रदान गर्ने भएको छ ।
काउन्सीलले आफ्नो स्थापना दिवसको अवसरमा भोली असोज ६ गते राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्ने छ । झण्डै २३ बर्षदेखि पत्रकारितामा क्रियाशिल भण्डारी यसअघि राष्ट्रिय समाचार समिति (रासस) नेपावाणी नेटवर्क, नेपाल एफएम नेटवर्क, रेडियो आँधिखोला, बुटवल एफएम, देउराली दैनिक, जनचेतना साप्ताहिक, गाउँले देउराली साप्ताहिक लगायतमा काम गर्नु भएको थियो ।
काउन्सीलले प्रदान गर्ने सबैभन्दा ठुलो पुरस्कार प्रेस काउन्सील गोपालदास पत्रकारिता पुरस्कार भने निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।
काउन्सीलले अन्य पुरस्कार दिने पत्रकारहरुको पनि छनौट गरेको काउन्सीलका प्रवक्ता दिपक खनालले जानकारी दिनुभयो ।